यसरी हुँदैछ कतारमा एनआरएनएको मध्यपूर्व क्षेत्रीय सम्मेलन

Event Date: 22 Jul 2017-23 Jul 2017 | Source: NRNA IRAQ
यसरी हुँदैछ कतारमा एनआरएनएको मध्यपूर्व क्षेत्रीय सम्मेलन गैर आवासिय नेपाली संघको मध्यपूर्व क्षेत्रीय भेला कतारमा हुने भएको छ । आगामी जुलाई २१ र २२ तारिकका दिन पाँचौ मध्यपुर्व भेलाको मिति तय गरिएको छ । गैर आवासिय नेपाली संघ राष्ट्रिय संघ, राष्ट्रिय सम्वन्य परिषद कतारले मध्यपूर्व क्षेत्रीय भेलामा आउन चाहने एनसीसीका पार्षदहरुका लागी आवेदन फारम खुल्ला गरेको छ । NRNA-Middel-east-conferanceएनआरएनए एनसीसी कतारले आˆनो वेवसाईटमा आवेदन फारम उपलब्ध गराएको छ । एनआरएनए कतारको वेवसाईट राखिएको अनलाईन फारम भरेर एनसीसीका पार्षदहरु कतारमा हुन लागेको मध्यपुर्व क्षेत्रीय सम्मेलनमा सहभागी हुन पाउने छन । मध्यपुर्व क्षेत्रीय सम्मेलनमा भाग लिन आउने पार्षदले जुलाई १५ सम्म अनलाइन फारम दर्ता गराईसक्नुपर्ने छ । व्यक्तिगत दर्ता शुल्क ५० अमेरिकि डलर तोकिएको छ भने एनसीसीले सिफारिस गरेका निश्चित महिला प्रतिनिधीका लागी दर्ता शुल्क लाग्ने छैन । एनसीसी कतारले शुल्क सहित वेवसाईटमा आवेदन फारम खुल्ला गरेको हो । ईछुक मध्यपुर्वका एनसीसी पार्षदहरुले एनआरएनए एनसीसी कतारको वेवसाईटमा गएर आˆनो फारम दर्ता गर्न सक्नेछन् । मध्यपुर्व सम्मेलनको पहिलो दिन अर्थात २१ जुलाईमा आईसीसी पदाधिकारी, सदस्य र एनसीसी अध्यक्ष र महासचिवहरु सम्मिलित आन्तरिक रिजन बैठक हुने एनआरएनए आईसीसी सदस्य बिनोद भट्टराईले जानकारी दिए । सम्मेलनको दोश्रो दिन २२ जुलाईका दिन भेलाको उद्घाटन सत्र, सुरक्षित आप्रवासन तथा कल्याण, महिला समस्या, मध्यपुर्वमा पर्यटन तथा साँस्कृतीक प्रवद्धन, मध्यपुर्वमा नेपाली व्यवसायको सम्भावना र चुनौती जस्ता विषयहरुमा प्रस्तुती तथा अन्तर्क्रिया हुने उनले बताए । त्यस्तै सामुहिक छलफल सहित दोहा घोषणा पत्र जारी गर्ने कार्यक्रम रहेको आईसीसी सदस्य भट्टराईले जानकारी दिए । भेला सम्पन्न गर्न मध्यपुर्व संयोजकको संयोजकत्वमा मध्यपुर्व उप-संयोजकहरु उपसंयोजक रहने गरी आयोजक कमिटिको गठन गरिएको छ । त्यस्तै आयोजक कमिटीको सदस्यहरुमा मध्यपुर्वका आईसीसी सदस्यहरु, एनसीसी अध्यक्ष तथा महासचिवहरु र सम्मेलन हुने एनसीसी कतारका प्रथम उपाध्यक्ष रहेका छन् । त्यसैगरी २१ सदस्यिय सल्लाहकार समिति समेत गठन भएको छ । भेलालाई व्यवस्थित र भव्य बनाउनका लागी विभिन्न कार्य विभाजन पनि गरिएको जानकारी प्राप्त भएकोछ । कार्यक्रमको योजना र अनुगमनमा मध्यपुर्व संयोजक डिबी क्षेत्री र उप-संयोजक द्ववय धर्मराज गिरी र उमेश अधिकारी रहेका छन । त्यस्तै जानकारी तथा सचिवालयको व्यवस्थापनको संयोजकमा बिनोद भट्टराई, आर्थिक व्यवस्थापनको संयोजकमा आरके शर्मा, कार्यक्रम तालिका तथा सेमिनार संयोजनमा डिबी क्षेत्री र बिनोद भट्टराई, मिडिया तथा प्रचारप्रसार संयोजकमा सुजन केसी र रजिष्टे्रसन संयोजकमा हंसराज क्षेत्री लगायतका कार्य विभाजन गरी जिम्मेवारी बाडँफाड गरिएको छ । कार्यविभाजन गरी संयोजकको मातहतमा रहने गरी उपसंयोजक तथा सदस्यहरु समेत तोकिएको जानकारि प्राप्त भएको छ । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय सम्वन्य परिषदको क्षेत्रिय विभाजन अनुरुप मध्यपुर्वमा कतार, यूएई, बहराईन, ओमन, साउदी अरेयिबा, कुबेत, ईराक, लेवनान, ईजराईल र यमद पर्दछन । कतारमा हुने मध्यपुर्व क्षेत्रिय सम्मेलनमा विभिन्न देशमा प्रतिनिधीहरुको बाक्लो उपस्थिति रहने अनुमान गरिएको छ । एनआरएनए आईसीसीको ५३ औं बैठकले मध्यपुर्वको क्षेत्रिय भेला कतारमा गर्ने प्रस्ताव स्विकृत गरेको थियो । अघिल्लो कार्यकालको मध्यपुर्व क्षेत्रीय सम्मेलन बहराईनमा सम्पन्न भएको थियो । मेई २०१४ मा बहराईनको मनामामा सम्पन्न चौथौं मध्यपुर्व क्षेत्रीय सम्मेलनले १२ बुँदै बहराईन घोषणा पत्र जारी गरेको थियो ।