कुर्दिस्तान को एर्बिल शहर स्थित पिज्जा हुट मा कार्यरत दोलखा जिल्ला दोर्जे शेर्पाको असामयिक निदन

Published On: Monday, February 13, 2017 | Source: NRNA IRAQ

बिगत १२/१०/२०१६ को दिन कुर्दिस्तान को एर्बिल शहर स्थित पिज्जा हुट मा कार्यरत दोलखा जिल्ला सुप्प गा. बि. स. वार्ड नं. ९ निबासि २७ बर्षिय स्व: दोर्जे शेर्पाको असामयिक निदन ले हामि गैर आबशिय नेपालि संघ रासप इराकलाई स्तब्ध बनाउनुका साथै उहाको निघनबाट परिबार जन मा पर्न गएको पिणामा थोरै भएपनि मल्हम लगाउन सकिन्छकि भन्ने अभिप्रायले संघको तत्वधानमा केहि आर्थिक रकम संकलन गरि निजको परिबार लाई पठाइएको छ। संघको कोषबाट अक्षरुपि ३१,८०० र अरु रकम बिभिन्न ब्याक्ति हरुसंग संकलन गरि एकमुस्ट रु. ८९,००० पठाउन सहयोग गर्ने तपाई सम्पुर्ण सहयोगि हातहरू प्रति गैर आवशिय नेपालि संघ, रासप- ईराक क्रितज्ञ रहेको जानकारी गराउदै म्रित आत्माको चिर शान्तिको कामनाका साथ शोकाकुल परिबार प्रति समबेदना प्रकट गर्दछौ।