इराकबाट ११ जना नेपालीको उद्धार

Published On: Friday, July 18, 2014 | Source: NRNA IRAQ

इराकबाट ११ जना नेपालीको उद्धार

इराकको द्वन्द्वग्रस्तमा फसेका झन्डै दुई महिनापछि ११ जना नेपालीलाई उद्धार गर्न सरकार सफल भएको छ । उनीहरुलाई इराकको स्थानीय समय ९ :५५ को फ्लाई दुवईबाट स्वदेश पठाइएको हो ।
उद्धार हुनेमा कानेपोखरी-९, मोरङका ३८ वर्षीय मोहनकुमार बस्नेत, दमक-१३, झापाका ३८ वर्षीय प्रेस गिरी, घोरही ठाकुर-९ का टोपबहादुर बस्नेत, निर्मलपोखरी-५, कास्कीका २७ वर्षीय सन्तोष लामिछाने, नुनखर्क-१, ओखलढुंगाका २९ वर्षीय अजित तामाङ, चितवन शारदा नगरका २७ वर्षीय प्रकास विश्वकर्मा, रुकुमका धनबहादुर विक, रामेछापस्थित सुकाजौर गाविसका ३२ वर्ष बिष्णु बस्नेत, धनकुटास्थित खुवाथोक गाविसका ४४ वर्षीय इन्द्रकुमार लिम्बु, धनुकुटा मुडेवासका २४ वर्षीय सुवास नेम्बाङ दाङ र लमहीका अनिल चौधरी रहेका छन् । 
ती नेपालीको उद्धारको लागि गैरआवासीय नेपाली संघ इराकले उल्लेखनीय भूमिका खेलेको र एनआरएन इराकले उनीहरुलाई ६/७/१०१४ देखी १७/७/२०१४ सम्म होटलमा खाना खुवाउने सम्पूर्ण रकम संघले उपलब्ध गराईको थीयो ।'गैरआवासीय नेपाली संघ इराकले ,'सरकारको उपस्थीति नभएसम्मको लागि एउटा अभिभावकको काम गर्न सफल भयौं ।'