फेसबुकमा लेख्नु अघि सोचाैं

Published On: Source: NRNA IRAQ

फेसबुकको उपयोग, सदुपयोग र दुरूपयोगलार्इ एक हदसम्म फेसबुक स्वयमले पनि परिभाषित र परिधिकृत गरेको छ, परिधी नाघेर दुरूपयोग गर्ने कतिलार्इ फेसबुकले पत्तो पाउने बित्तिकै कार्बाही गर्दै अकाउण्ट नै सस्पेण्ड गर्ने या हटाइ नै दिने पनि गर्दछ । हामीले रोमनमा या नेपालीमै लेखे पनि अचेल तत्काल अनुवाद गरेर अर्को भाषामा पढ्न सक्ने सुविधा छ, साथिहरूबिचमा मात्रै शेयर गरिने सामाग्री पनि ब्लक गरिएका बाहेकको पब्लिक पहुंचमा पुग्नसक्छन । हामीले लेख्ने शब्दहरूले हाम्रो बिचार या मनोबृत्ती मात्र हैन, हाम्रो झुकाव, लगाव, संस्कार र सभ्यता पनि प्रकट गर्छन । सामाजिक सञ्जालमा अाइसकेपछि फरक बिचार राख्नेहरूलार्इ पनि सम्मान, स्वीकार गर्न सक्नुपर्ने हो, तर हामीमध्ये कति यति असहिस्णु पनि बन्छाैं कि बहस (तर्क) गर्ने नाममा ब्यक्तिगत गाली गलोच र अपशब्दमा पनि अाैर्लिन्छाैं र त्यतिले पनि नपुगे, ब्लक गरेर भाग्छाैं या ती ब्यक्ति(हरू)संग लुक्छाैं र शायद जित र उन्मुक्तिको अनुभव गर्छाैं जबकि त्यस्तो प्रबृत्ती वास्तवमा असामाजिक र अशभ्य कायरता हो । कमसेकम हामी कसैले पनि अा अाफ्नो अपमान देख्न सक्दैनाै भने अरूको अपमान पनि नगराैं, सभ्य र शिष्ट बनी फेसबुकमा प्रस्तुत हाेअाैं । हामी त्रेता होइन, कलि युगमा छाैं, रावणलार्इ पनि परास्त या ध्वस्त नै पार्न जरूरी छैन, उसलार्इ मानव बन्न मदत गर्नुपर्छ, अाखिर हामी सबै मानव हाैं, राक्षश या देवता कोही पनि छैनाैं । 

नेपाल प्रहरीको अपराध अनुसन्धान बिभागले पनि अब हाम्रा फेसबुकका प्रस्तुतिहरूप्रति निगरानी गर्ने भएको छ, सचेत, सजग र समझदार बनाैं । शुभकामना ।c&p